नियम ७४
स्थिरीकरण कोष सम्बन्धी व्यवस्था
: (१) ऐनको दफा १०३ बमोजिमको स्थिरीकरण कोषमा सहभागी सहकारी संस्थाले नियम २७ उपनियम (१) को खण्ड (छ) बमोजिमको रकम जम्मा गर्न सक्नेछन्‌ ।

(२) उपनियम (१) बमोजिमको कोषको सञ्चालनको लागि देहाय बमोजिमको समिति रहनेछ :-

(क) अध्यक्ष, नेपाल बचत तथा क्रण केन्द्रीय सहकारी सङ्घ -अध्यक्ष (ख) प्रतिनिधि, मन्त्रालय -सिदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय - संदस्य (घ) प्रतिनिधि, नेपाल राष्ट्र बैङ्क - सदस्य (ङ) प्रतिनिधि, सहकारी बिभाग -सदस्य (च) प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्ड - सदस्य (छ) प्रतिनिधि, राष्ट्रिय सहकारी महासङ्घ - सदस्य (ज) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि,

राष्ट्रिय सहकारी बैङ्क - सदस्य (झ) स्थिरीकरण कोषमा सहभागी सहकारी

संस्थाका अध्यक्षमध्येबाट कोष

सञ्चालन समितिले मनोनयन गरेका

कम्तीमा एक जना महिलासहित दुई

जना - सदस्य (ज) कार्यकारी प्रमुख, नेपाल बचत तथा

क्रषण केन्द्रीय सहकारी सङ्घ -सदस्य-सचिव

(३) उपनियम (२) को खण्ड (झ) बमोजिम मनोनयन' भएका प्रतिनिधिको कार्यकाल उनीहरू आफ्नो सहकारी संस्थाको अध्यक्ष भएको अवधि ननाघ्ने गरी बढीमा चार वर्ष हुनेछ ।

(४) ऐनको दफा १०३ बमोजिम स्थिरीकरण कोष खडा गर्दा न्यूनतम दश करोड रुपैयाँको प्रारम्भिक योगदान आवश्यक हुनेछ ।

(५) स्थिरीकरण कोषको रकम उपयोग गर्दा उपनियम (४) मा उल्लेख भए बमोजिमको रकम न्युनतम मौज्दात कोषमा कायम राख्ने गरी छ महिनाभित्र थप योगदान जुटाएर मात्र उपयोग गर्नु पर्नेछ ।

(६) कोष खडा गर्दा वा कोषको रकम उपयोग भएका कारण ऐनको दफा १०३ को उपदफा (२) बमोजिम सहभागी सहकारी संस्थाका साथै अन्य निकायको योगदानबापतको रकमले मात्र उपनियम (%) बमोजिमको न्युनतम आवश्यक मौज्दात रकम नपुग्ने भएमा नेपाल सरकारले नपुग भएजति रकम मन्त्रालयको तर्फबाट थप योगदान बापत दिन सक्नेछ ।

(७) उपनियम (६) बमोजिम नेपाल सरकारले दिएको रकम कोषमा सहभागी सहकारी संस्थाका साथै अन्य निकायको योगदान बापतको रकम परिपूर्ति हुँदै जाँदा नेपाल सरकारलाई नै फिर्ता गर्नु पर्नेछ ।

(८) ऐनको दफा १०३ को उपदफा (७) मा उल्लिखित प्रयोजनका अतिरिक्त स्थिरीकरण कोषको रकममध्येबाट “कोषको आम्दानीको निश्चित प्रतिशत ननाघ्ने गरी कोष सञ्चालन समितिले तोकिदिएको सीमासम्म कोषको व्यवस्थापन खर्चको लागि उपयोग गर्न सकिनेछ ।

(९) ऐनको दफा १०३ को उपदफा (७) को खण्ड (ख) र (ग) बमोजिम उपयोग गरिएको रकम दफा १०८ बमोजिम सम्बन्धित संस्थाको सम्पत्तिबाट दायित्व भुक्तानी गरेपछि बचत भएमा वा त्यस्ता संस्था पुन सञ्चालनमा आएपछि फिर्ता गर्न सक्ने अवस्था भएमा कोष सञ्चालन कार्यविधिमा व्यवस्था भए बमोजिम कोषमा फिर्ता गर्नु पर्नेछ । (१०) स्थिरीकरण कोषको स्थापना, सहभागी संस्थाहरूको योग्यता, सहभागिताको शर्त-बन्देज,, कोषको उपयोग र कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले स्वीकृत गरेको कार्यविधि बमोजिम हुनेछ ।